शनिवार, आश्विन १७ गते २०८३

तीजको मूल सम्बन्ध ब्रत, संयम र आत्म–अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री

मंगलवार , भाद्र १०, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज शील, सौजन्य र उदारताको पर्व भएको बताएका छन्। आज तीज पर्वको शुभकामना दिँदै उनले तीजको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका हुन्। 

उनले भनेका छन्, ‘तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ।’

ओलीले हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको उल्लेख गरेका छन् । पछिल्लो समयमा विज्ञानले पनि ब्रतले शरीरलाई फाइदा पुर्‍याउने चर्चा गर्न थालेको उनको भनाई छ।

‘हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको ब्रतोत्सवका रूपमा लिएको छ। पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउँछ भन्ने चर्चा गर्न थालेको छ।’ ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्। सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना !’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार