शनिवार, आश्विन १७ गते २०८३

कांग्रेसले राज्य व्यवस्था समितिको रिक्त सभापतिमा ईश्वरीदेवीलाई पठाउने

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा नेपाली कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई पठाउने भएको छ ।

कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिमा पठाउने निर्णय गरेको हो । निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी भएपछि रामहरी खतिवडाले राजिनामा दिएपछि एक महिनादेखि सभापति पद खाली भएको थियो ।

कांग्रेसको भागमा परेको सो पदमा न्यौपानेलाई पठाउन लागिएको हो । समितिको सो पदमा सदस्य हृदयराम थानी, दिलेन्द्रप्रसाद बडु समेत आकांक्षी भएपनि कांग्रेसले न्यौपानेलाई पठाउन लागेको हो ।

समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचन हुने गरी संसद् सचिवालयले तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार