उनले भनिन्, ‘म संसदीय सुनुवाइ समितिको सभापति नै थिएँ, मलाई बिहान पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय पदाधिकारीले गर्यो भन्नुभयो । म त पार्टीकै कार्यकर्ता नाई भन्ने कुरा पनि भएन । त्यसपछि हामीले भर्खरै आएर मनोनयन दर्ता गरेका छौं ।’
यसअघिका संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई अघि सारिएको हो । तत्कालीन सभापति खतिवडाले भने नैतिक आधारमा हाँसीहाँसी राजीनामा दिएको बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू सभापति हुँदा महत्त्वपूर्ण विधेयकमा काम गर्न सफल भएको भन्दै करीब ८० वटा बैठक बस्न सफल रहेको बताए ।