शनिवार, आश्विन १७ गते २०८३

रास्वपाका सभापति लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।

सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो । अदालत स्रोतका अनुसार आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको छ । स्रोतले आज लामिछानेको निवेदनको तर्फबाट बहस हुनसक्ने बताएको छ ।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार