शनिवार, आश्विन १७ गते २०८३

लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो । रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए ।

यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो । त्यसपछि रवि उच्च अदालत पुगेका हुन् ।

केहीबेरमा उच्च अदालतले रविको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार