शनिवार, आश्विन १७ गते २०८३

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ ।

महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बताएको छ ।

उनको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार