प्रधानमन्त्री ओली भदौ १४ गते शनिबारदेखि भदौ १८ गतेसम्म चीनमा रही जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८०औं वार्षिकोत्सवको स्मृति समारोहमा समेत भाग लिनेछन् ।
मन्त्रालयका अनुसार ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नुका साथै १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसैक्रममा उनले शिखर सम्मेलनमा भाग लिने केही विश्व नेताहरूसँग भेटघाट समेत गर्नेछन् ।
भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन् । भ्रमण टोलीमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मा सहितका उच्च अधिकृतहरू समेत रहेनछन् ।