शनिवार, आश्विन १७ गते २०८३

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटवार्ता

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण लगायतका विषयमा छलफल भएको छ ।

साथै, भेटका क्रममा विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार