शनिवार, आश्विन १७ गते २०८३

जिल्ला अदालतले रास्वपा नेता पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

आज जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो । सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गरेकै दिन उनको बयान र बहस गराई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

सामान्यतः कुनै पनि फौजदारी कसुरका मुद्दा दर्ता भएको भोलिपल्ट मात्र बयान र बहस हुने गरेको छ । एक महिलालाई इमेल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप पाँडेमाथि छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

हिजो बिहीबारमात्रै उनलाई अदालतले ४ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । वातावरणविद् पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार