शनिवार, आश्विन १७ गते २०८३

हाम्रो पार्टीको अहिलेको ठूलो समस्या केपी ओली : माधव नेपाल

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् ।

शुक्रबार पार्टीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीका सामु ठूलो समस्याका रुपमा एमाले नेतृत्व विशेषगरी केपी ओली नै रहेको बताएका हुन् ।

कांग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ६ महिना अघि सदस्यता दिँदै अध्यक्षको आश्वासन दिने व्यक्ति नै अहिले भण्डारीविरुद्ध लागेको जिकिर गरे ।

त्यस्तै, अध्यक्ष नेपालले आफ्नो पार्टीभित्र केही नेताहरुले गढबडी गरिरहेको भन्दै अनुशासनहीन कार्य स्वीकार गर्न नसक्ने बताए ।उनले पार्टी नेतृत्वविरुद्ध असहमति भए महाविधेशनमा सामना गर्न चुनौतीसमेत दिए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार