शनिवार, आश्विन १७ गते २०८३

वीरगञ्जमा विद्यालाई ५१ किलोको माला लगाइदिएर भव्य स्वागत

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी वीरगञ्ज पुगेकी छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी वीरगंज पुगेकी हुन् ।

उनको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उप मेयर भोला अधिकारी, जितपुर सिमरा अध्यक्ष त्रिलोक शाह, र विरगंज महानगर अध्यक्ष नवराज शर्मालगायतका नेताहरु सिमरा पुगेका थिए ।

भण्डारीलाई वीरगन्जमा एमाले कार्यकर्ताहरुले ५१ किलोको माला लगाइदिएर भव्य स्वागत गरेका थिए । उनले बीआइसीसीआई बृहत महिला सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार