शनिवार, आश्विन १७ गते २०८३

राजसंस्था फर्काउने जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा.धवलशम्शेर

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनको लागि गठित संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक डा धवलशम्शेर राणा तोकिएका छन् । समितिका संयोजक नवराज सुवेदीले आफू देश बाहिर जानुपर्ने भन्दै राप्रपा महामन्त्री राणालाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले केही समयका लागि पारिवारिक कामले छोरोसहित आज अष्ट्रेलिया जान लागेको बुझिएको छ। देश बाहिर जाने भएपछि सो अवधिमा समितिको सम्पूर्ण जिम्मेवारी उनले डा. राणालाई दिएका हुन् ।

समितिको कार्य सञ्चालनका लागि सुवेदीले डा राणालाई अधिकार दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रुपमा निर्वाह गर्न आन्दोलन परिचालन समितिका संयोजकमा डा धवलशम्सेर राणालाई अख्तियारी दिएको छु’, सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्रको पुनः स्थापनाका लागि आन्दोलन गर्दै आएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार