शनिवार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री ओली फर्केपछि चीन भ्रमणमा जाँदै शेखर कोइराला

सोमवार , भाद्र १६, २०८२

काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चीन भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर भदौ १८ गते स्वदेश फर्किनेछन् भने डा. कोइराला भदौ २० गते चीन प्रस्थान गर्नेछन् ।

चीनको शान्सी प्रान्तस्थित सियानमा रहेको शान्सी विश्वविद्यालयको राजनीतिशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन डा. कोइराला चीन जान लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार