शनिवार, आश्विन १७ गते २०८३

काठमाडौँमा मेयर साम्पाङको पक्षमा पहिलो पटक घन्कियो नारा, के हो भित्रि रहस्य ?

सोमवार , भाद्र १६, २०८२

कठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्यालीसहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्यालीसहित स्वागत गरेपछि साम्पाङ निकै खुसी भएका छन् । 

मेयर साम्पाङले र्यालीका लागि धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा हर्क साम्पाङ जिन्दाबादू को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ । सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ । सबैलाई धन्यवाद ,’

साम्पाङलाई स्वागत गर्न आएकाहरुको संख्या बाक्लो थियो । यसभन्दा अघि पनि साम्पाङ पटक पटक काठमाडौँ आएका थिए । तर, उनको पक्षमा समर्थकले नारा नै लगाएको यो पहिलो पटक हो । धरानमा श्रमदान गरेर चम्किएका मेयर साम्पाङको क्रेज काठमाडौँमा पनि देखिएपछि अनकौँ तवरले हेरिएको छ ।

त्यहीमाथि साम्पाङ केहिले बजेट माग्न काठमाडौँ आउथे भने कहिले धरान उपमहानगरपालिकाकै कामले उनी काठमाडौँमा पाइला टेक्थे । तर, यसपटक मेयर साम्पाङ किन काठमाडौँ आए ? यसबारे केही खुलाइएको छैन । नयाँ पार्टी खोल्नका लागि उनी काठमाडौँ आएको चर्चा पनि हुन थालेको छ । 

उनले यसअघि नै आफूले नयाँ पार्टी खोल्ने घोषणा गरिसकेका छन् । यद्यपी साम्पाङको पक्षमा लागेको नाराले युवाले परिवर्तन खोजेको विषयलाई पुष्टि गर्छ ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचन अन्तर्गत साम्पाङ स्वतन्त्रबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचत भएका हुन् । उनले श्रमदानबाट आफूले निकै उचाइमा पुर्याइरहेका छन् । 

मेयर साम्पाङले ०८४ को निर्वाचनका लागि आफ्नै नेतृत्वमा पार्टी खोल्ने तयारी गरिरहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार