शनिवार, आश्विन १७ गते २०८३

नेपाल नागरिकता विधेयकले आमाको पनि वंश कायम हुन्छ : गृहमन्त्री लेखक

बुधवार , भाद्र १८, २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि वंश हो भन्ने कुरा कायम हुने बताएका छन् । 

कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमा पनि वंश हो । आमाबाट पनि वंश कायम हुन्छ । आमाकै नागरिकता आधारमा सन्तानले नागरिकता गर्छ भन्ने कुरालाई सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्त्व हो,’ उनले भने ।

बाबु भएको आधार पुष्टि गर्न नसकेको पनि बाबुहरूको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुँदा ती नेपाली नागरिक आमाका सन्तानहरूका हकमा बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार