शनिवार, आश्विन १७ गते २०८३

एमाले सचिवालय बैठक च्यासलमा जारी

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल भइरहेको छ । विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो । बैठक पूर्णतः विधान अधिवेशनमा केन्द्रित रहनेछ ।

एमालेको विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । त्यस्तै, यसअघिको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार