मंगलवार, आश्विन १३ गते २०८३

माइतीघरमा सामाजिक सञ्जाल प्रतिबन्धविरूद्ध पत्रकारहरूले गरे प्रदर्शन

आइतवार , भाद्र २२, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकारलगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार