शनिवार, आश्विन १७ गते २०८३

जेनजीलाई समर्थन गर्दै बालेन शाहले भने– म उमेर हदबन्दीको कारण जान मिल्दैन

आइतवार , भाद्र २२, २०८२

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाएका छन् ।

उनले आफ्नो फेसबुकमार्फत यो र्‍याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिएका हुन् । शाहले आफू उमेर हदका कारण उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जाल मार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु ।’ मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ ?’ भनी प्रश्न पनि गरेका छन् ।

उनले यो र्‍यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार