मंगलवार, आश्विन १३ गते २०८३

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी रहेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार