काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक बैठक बोलाएको छ ।
प्रवक्ता मनिष झाका अनुसार दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । उनले भने, ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।’ जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृतकको पहिचान खुलेको छैन । कयौं घाइते भएका छन् ।
घाइते भएकाहरूको सिभिललगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको भए पनि अहिले प्रदर्शनकारीले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । प्रहरीको गोली लागेर तीनजना पत्रकार पनि घाइते भएका छन् ।