काठमाडौँ । जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन्।
कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए।
‘घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, अब उहाँको राजीनामा आउँछ,’ कांग्रेसका एक पदाधिकारीले भने।
जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए।