शनिवार, आश्विन १७ गते २०८३

कांग्रेसभित्र शेखर पक्षका यी मन्त्रीले सरकार छाड्ने, तत्काल राजीनामा दिन निर्देशन

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ ।  जेनजी पुस्ताको आन्दोलनमा सोमबार सरकारले गरेको दमनको विरोध गर्दै नेपाली कांग्रेसभित्र सरकार छाड्न दबाब बढेको छ ।

तैपनि सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन कायमै राख्ने संकेत दिएपछि नेता डा. शेखर कोइराला पक्षका ३ जना मन्त्रीले सरकार छाड्ने भएका छन् ।

नेता कोइरालाले आफूपक्षीय मन्त्रीलाई तत्काल सरकार छाड्न निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई तत्काल सरकार छाड्न कोइरालाले निर्देशन दिएका छन् ।

नेता कोइरालाले प्रदर्शनकारीमाथि भएको दमनको कडा निन्दा गरेका छन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार