मंगलवार, आश्विन १३ गते २०८३

प्रचण्ड निवास जाने सडकमा स्थानीयले भत्काए प्रहरी बिट

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास जाने सडकमा स्थानीय प्रदर्शनकारीले प्रहरी बिट भत्काएका छन्।

मंगलबार बिहान खुमलटारस्थित प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा प्रहरी बिट भत्काएका हुन्। जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सोमबार १९ जनाको ज्यान गएपछि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

युवाहरूले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्। काठमाडौंको कलंकी, बानेश्वर लगायत स्थानमा प्रदर्शन भएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरले कर्फ्यू आदेश समेत जारी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार