कोही अगाडि नबढे आफू पन्छिने स्वभाव नरहेको भन्दै उनले जुनसुकै परिस्थितिका लागि पनि तयार रहेको दोहोर्याएका छन् । ‘आजको विषम घडीमा म सस्तो राजनीति र टीकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो – गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज,’ प्रसाईंले लेखेका छन् ।
उनले सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य रहेको उल्लेख गर्दै यो केवल एक पुस्ताको मात्र नभई सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न भएको बताए । प्रसाईंले भने, ‘अब समय आएको छ, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई बाँच्ने बाटो देखाउने साझा जिम्मेवारी पूरा गर्ने ।’