‘नयाँ वातावरण बनाउँछौँ । यो समस्या रोक्छौँ,’ उनले भनिन् । कार्कीले नेपाल-भारतबिचको सम्बन्धबारे पनि बताएकी छिन् । ‘भारत सरकारसँगको सम्बन्ध राम्रो छ । भारतमा हाम्रो धेरै नाता छ । हाम्रो धेरै सद्भाव छ । उनीहरूले हामीलाई धेरै मान्छन् । हामी र भारतबिच राम्रो सम्बन्ध छ । हामी जान्दछौँ,’ उनले भनिन् ।
उनले भाँडा नजिक हुँदा बजेर कहिलेकाहीँ आवाज आउनु स्वाभाविक भएको भन्दै नेपाल र भारतबिचको सम्बन्ध सधैँ मजबुत रहेको बताइन् ।