शनिवार, आश्विन १७ गते २०८३

जंगीअड्डामा आज निर्णायक वार्ता हुने, ७३ वर्षीया सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ । अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने जनाइएको छ ।

जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग आज निर्णायक छलफल हुने बताएका छन् । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे ।

जेनजीबाट प्रस्तावित ७३ वर्षीया पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार