शनिवार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री छान्ने विवादमा जेनजीहरूबीच कुटाकुट

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ ।  सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरू देखिँदा लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साहको नाम छ ।

कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको छ । मनमुटावपछि सडकमै कुटाकुट हुन थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार