शनिवार, आश्विन १७ गते २०८३

नेपालगञ्ज कारगारमा सेनाको गोली चल्दा एक घाइते

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दीहरु कारागार भित्र आगजनी गरी बाहिर निस्कन खोज्दा झडप भएको छ । बिहीबार दिउसो करिव ३ बजेतिर भएको सो झडमा परेर एकजनालाई गोली समेत लागेको छ ।

कारागारमा रहेका कैदी बन्दीहरु अगाडिको ढोका फोडेर बाहिर निस्कन खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । त्यस क्रममा नेपालगञ्ज कारागारमा लागू औषध मुद्दामा थुनामा रहेका उमेश बमको बाँया खुट्टाको पिडुलामा गोली लागेको हो ।

उनको भेरी अस्पतालमा उपचार भई रहेको छ । कारागार भित्र आगजनी गरी भाग्न खोज्दा नेपाली सेनाले स्थितिलाई नियन्त्रणमा लिनका लागि चलाएको कारागार निकट स्रोतले जनाएको छ । २ सय ५० क्षमताको कारागारमा १ महिला समेत गरी ७ सय ७० कैदी बन्दी रहेका छन् । समारचार तयार पार्दासम्म स्थिति नियन्त्रणमा रहेको छ ।

कारागारबाट कैदी बन्दी निस्कन खोजे पछि ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिएको थियो । कैदी बन्दीले गरेको आगजनी नेपालगञ्ज उपमहानगरको दमकल प्रयोग गरी निभाईएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार