शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानसेनापति

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठनलगायतको विषयमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका छन्।

सिग्देल केहीबेरअघि शीतलनिवास पुगेका हुन्। अन्तरिम सरकार गठनको विषयमा उनीहरूबीच छलफल हुने बताइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीको माग सम्बोधन हुने गरी संविधानकै दायरामा रहेर समस्या समाधान गर्ने वक्तव्य जारी गरेका थिए।  बिहीबार नै पौडेलले प्रधानसेनापतिसहित संविधान तथा कानुनका विज्ञसँग पनि छलफल गरेका थिए।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार