काठमाडौं । आजदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो ।
देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि स्थानीय सरकारसँगको समन्वयमा यातायात चालू गरेको यातायात व्यवसायीहरूले बताएका छन् । देशभरका स्थानीय सरकारसँग समन्वय गरेर यातायात चालू गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
स्रोतका अनुसार केन्द्रबाट अहिले निर्णय गर्ने अवस्था छैन, स्थानीय प्रशासनसँग समन्वय गरेर चलाउन आग्रह गरिएको छ । साथै आजदेखि देशभर लामो र छोटो दुरीका यातायात सञ्चालन हुने भएका छन् ।