काठमाडौँ । आफूलाई जेनजी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।
रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो। गुरुङको पत्रकार सम्मेलनमा हात हालाहालको स्थिति सृजना भएको छ ।
पत्रकार सम्मेलनमा एक पत्रकारले ७० वर्षको बालाई हटाएर ७३ वर्षको आमालाई ल्याएर कसरी परिवर्तन भयोरु भन्ने प्रश्नमा सुदनले आक्रोषित हुँदै पत्रकारलाई जवाफ फर्काएका थिए।
८० वर्षको नेपाल परिवर्तन भएको छ यो परिवर्तन होइनरु के कुरा गरेको तपाईंलेरु भन्दै झर्किएका थिए। त्यसपछि पत्रकारहरूले थर्काएकोरु भन्दै उनलाई घेरे।