शनिवार, आश्विन १७ गते २०८३

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गृहमन्त्रालय सारियो

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय सञ्चालन हुँदै आएको भवनमा अब गृह मन्त्रालय सञ्चालन हुने भएको छ ।

यसअघि गृहमन्त्रालय सञ्चालन हुँदै आएको भवन भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालय परराष्ट्र मन्त्रालय रहेको भवनमा सारिएको हो । परराष्ट्र मन्त्रालय भने पहिलाकै भवनमा यथावत सञ्चालन हुँदैछ । परराष्ट्र मन्त्रालयको एउटा शाखा सञ्चालन हुँदै आएको भवनमा अब गृह मन्त्रलय सञ्चालन हुन लागेको हो ।

अहिले पुरानो गृह मन्त्रालयबाट आगलागीबाट जोगिएका सरसामान धमाधम नयाँ ठाउँमा सार्ने काम भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार