शनिवार, आश्विन १७ गते २०८३

नवनियुक्त तीनजना मन्त्रीहरूले शपथ ग्रहण गरे

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन् । अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पूर्वअर्थसचिवसमेत रहेका खनालले अर्थ मन्त्रालयको कार्यभार पाएका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार