शनिवार, आश्विन १७ गते २०८३

नवनियुक्त गृहमन्त्री अर्यालले पदभार ग्रहण गरे

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।

शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् । अर्याललाई अर्थको अलवा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

उनी पछिल्लो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार