आइतवार, श्रावण २४ गते २०८३

इरानमा रहेका सबै नेपाली सुरक्षित छन :  परराष्ट्र मन्त्रालय

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौँ। परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको  जनाएको छ ।

विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । 

आठ जना नेपाली अझै इरानमै छन् । उनीहरू सबै जना सुरक्षित छन् । उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको बताए ।

मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै क्षेत्रीले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरिएको बताए । 

सकेसम्म घरभित्रै बस्ने, सतर्क रहने, आवश्यक सावधानी अपनाउने र आ–आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ । इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृति बिना यात्रा नगर्न  भनिएको छ भने नेपालबाट त्यता जाने सम्पूर्ण यात्रा रद्द गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार