काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। एमसिसीलाई प्रयोग गरेर आफुहरुको गठबन्धन फुटाउने षड्यन्त्रा भैरहेको उनको आरोप छ। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको दाबी छ।
सुरेश वाग्ले बासु र भिमसेन पोखरेल वैरागीको २२ औं स्मृति सभामा बुधबार बोल्दै प्रचण्डले यथास्थितिमा एमसिसी पारित हुन नसक्ने भनिरहेको भएपनि त्यसैलाई प्रयोग गरेर गठबन्धनलाई कसरी विभाजित गर्ने भनेर षड्यन्त्र भइरहेको उनको भनाइ थियो।