काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगडी पुगेका छन्। मंगलबार धनगडी पुगेका उपाध्यक्ष रावलले माधव नेपाल पक्षले पदका लागी पार्टी फुटाएको हारोप लगाएका छन्।
एमालेको जिल्ला कार्यालयमा कार्यकर्तासँगको भेटमा उनले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताए। एमाले नेतृत्वको सरकार ढाल्ने बेला नेपाल समुहमै रहेको रावल पाटीए विभाजनका वेला एमालेमै बसेका हुन्। उनले १० बुँदे सहमतिले पार्टीलाई एकतावद्ध गर्न मद्दत पुर्याएको समेत दावी गरे।