काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बज बिहान ११ बजेका बस्दैछ ।
आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि नै छलफल सुरु हुनेछ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । उनले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुका साथै उक्त विधेयक सदनमा पेस गर्नेछन् ।