काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आजसिहदरबारमा पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए ।
गृहमन्त्री गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने , जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्यन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने निर्णय गरेका छन ।