मंगलवार, आश्विन १३ गते २०८३

सबै राजनीतिक दल एकजुट भए नेपालको समृद्धि सम्भव छिट्टै सम्भव छ : ओली

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। नेकपा एकालेका अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ता भेला सम्वोधन गर्न बर्दिया पुगेका छन्। उनले बर्दियामा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सबै दलहरू मिलेर राजनीतिक एकजुट भएर अघि बढेमा नेपालले छोटो समयमै उल्लेख्य समृद्धि हासिल गर्न सक्ने बताएका छन्।

बुधबार बर्दियामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी लामो समयदेखि पछाडि परिरहेका थियौँ जब हाम्रो नेतृत्वमा सरकार बन्यो तब विकासको गतिले तीव्रता लियो।’ सबै राजनीतिक दल एकजुट भएर देशको समृद्धिका लागिपरे अबको १० वर्षभित्रै नेपालमा उत्यख्य परिवर्तन गर्न सकिने उनि बताउँछन्।

आफू प्रधानमन्त्री हुँदा विद्यालय शिक्षामा विशेष जोड दिएकाले विद्यार्थी विद्यालय भर्ना दर उल्यख्य बढेको पनि उनले बताए। मानव विकास तथा आर्थिक विकासका सूचकांकमा नेपालले उल्यख्य प्रगति गर्दै गएकाले विश्व बैंकले नेपाललाई दक्षिण एसियाकै उदाउँदो ताराले सम्बोधन गरेको उनले उल्लेख गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार