मंगलवार, आश्विन १३ गते २०८३

एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक, यस विषयमा हुँदै छ छलफल

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  बैठक यही १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नको लागि बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठक दुई दिनसम्म चल्नेछ। स्थायी कमिटीको बैठकले तीन वटा प्रतिवेदन केन्द्रीय कमिटीमा लाने निर्णय गरेको थियो। तुलसीलाल प्रतिष्ठान च्यासलमा भोलि ११ बजे बस्नेगरी बैठक बोलाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार