मंगलवार, आश्विन १३ गते २०८३

ओली जास्तो बुद्धि नभएको नेता अर्को देखेको छैन : प्रचण्ड

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हरूवा र भगौडा नेता भएको बताएका छन्।

योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले ओलीलाई यस्तो आरोप लगाए। उनले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क गरे।

‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन।  दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने!’

केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले बताए। ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको प्रचण्डले बताए।

ओलीको उक्त षडयन्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए। नेकपा हुँदा केपी ओलीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकालेको स्मरण्ढा गर्दै प्रचण्डले भने,‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं। हामी विजेता हौं। केपी हरूवा हो, भगौडा हो।’

माओवादी युद्धका बेला प्रतिक्रियावादीहरूले आफूहरूलाई घेरा हाल्ने र सखाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले त्यस्तै कोशिश गरेको प्रचण्डले बताए। 

अहिले पनि गठबन्धनलाई टुटाउन षडयन्त्र भइरहेको भन्दै जस्तोसुकै त्याग गर्नु परे पनि अर्को चुनावसम्म अहिलेको गठबन्धनलाई टुट्न नदिने प्रतिवद्धता जनाएको प्रचण्डले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार