मंगलवार, आश्विन १३ गते २०८३

माधव नेपालको पार्टीलाई केपी ओलीको कटाक्ष : पार्टीमा बस्ने पदाधिकारी पनि भेटिएनन्

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी सरकार र माधव कुमार नेपालप्रति खनिएका छन्। एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरे।

ओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन्। ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे।

उनले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरेका छन्। पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार