आइतवार, श्रावण २४ गते २०८३

मास्टर्नी चलचित्रको चौतर्फी आलोचना, गित हटाउन शिक्षक महासंघको चेतावनी

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । छिट्टै प्रदर्शनमा आउन लागेको  ‘मास्टर्नी’ चलचित्रको चौतर्फी विरोध भएको छ । चलचितमा समावेश भएको एक गितलाइ लिएर विवाद भएको हो । नेपाल शिक्षक महासंघले  चलचित्रमा समावेश एक गीत हटाउन माग गरेको छ ।

‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ ।

उक्त गीतले शिक्षक र शिक्षण पेशाप्रति गम्भीर प्रहार गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति मार्फत जनाएका छन् ।

उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासंघले निर्माण पक्षलाई चेतावनी दिएको छ ।


उक्त गीतले निरन्तरता पाएमा असहज परिस्थिति उत्पन्न हुने र त्यसको जिम्मेवार निर्माता, सम्बन्धित कलाकार हुने चेतावनी दिइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार