काठमाडौं। एमाले नेता भिम रावललाई फेरी अर्को झट्का लागेको छ। उनलाई एमालेमा वाइपास गरिँदै छ। उनि एमालेको अध्यक्ष मण्डलमा परेका छैनन्। नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन गरिएको छ।
विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। यस्तै, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल सम्मिलित अध्यक्ष मण्डल गठन गरिएको छ।
तर, एमाले उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा परेका छैनन्। अध्यक्षमण्डलमा रावलबाहेकका दुई उपाध्यक्ष ज्ञवाली र शाक्य भने परेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्।