काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरी माधव नेपालप्रति खनिएका छन्। ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार नै माधवकुमार नेपाल भएको आरोप लगाएका छन्।
आजबाट सुरु भएको पार्टी विधान महाधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गरे।
उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकासमेत सहयोगी भएको दाबीसमेत गरे। उनले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानुनसम्मत ढंगले प्रतिवद्धत गर्ने चेतावनीसमेत दिए।
अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारे।