काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशनमा सामुहिक छलफलपछि समुहका टोली नेताहरुले सुझाव प्रस्तुत गरेका छन्। १० समूहमध्ये चार समूहका टोली नेताले सुझाव प्रस्तुत गरे। बाँकीले भोली गर्नेछन्।
महाधिवेशनमा पेस भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरूलाई समूहका नेताले प्रस्तुत गरेका हुन्।
टोली नेतामा कर्णालीबाट गोरखबहादुर बोगटी, लुम्बिनीबाट लीला गिरी, सुदूरपश्चिमबाट कर्ण थापा र बागमतीबाट आनन्द पोखरेलले प्रदेशगत समूहको सुझाव प्रस्तुत गरेका छन्।