काठमाडौं। नेकपा एकीकृत समाजवादीबाट बन्ने मन्त्री अध्यक्ष माधवकुमार नेपालले छान्ने भएका छन्। आज बसेको पार्टीको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो।
सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति बनेको छ।