काठमाडौं। नेपालीहरुको महान पर्व दशैं धुमधामसंग मनाइँदै छ। आज फुलपाती आजदेखी सरकारी कार्यालयहरु समेत विदा हुँदै छ। दशैँ मनाउनका लागी काम विशेषले घर बाहिर र परदेशमा रहेकाहरु समेत विदा लिएर घर फर्किरहेका छन्। केही फर्कीसके पनि।
यस वर्ष कोरोना महामारी केही कम देखिएकोले पनि दशैँ विशेष हुने भन्दै खुसी छन्। तर कतिपयको भाग्यमा त्यस्तो खुसी छैन। किनभने दशैँको बीचमा घर छोडेर मुग्लान लाग्नेहरु पनि छन्। किनभने दशै मिठो मसिनो खाने र परिवार एकसाथ भेला भई खुसी हुने चाडको रुपमा लिइन्छ।
तर घरमा मिटोमसिनो त परको कुरा छाक टार्न समेत गाह्रो परेपछि दशैँकै बीचमा परदेशीन बाध्य छन्। विशेषगरी सुदुपश्चिमको कैलालीसँग जोडिएको त्रिनगर–गौरीफन्टा नाकाबाट सोमबार दिउँसो सुदूरपश्चिमेलीहरू दसैं मनाउन घर फर्किरहेको मात्रै होइन सिमापार गरेर जानेहरु पनि उत्तिकै थिए।
सो नाका मात्रै होइन अन्य नाकाबाट पनि नेपालीहरु भारत रोजगारीका लागी गैरहेका छन्। रोजगारीका लागि भारत गएकाहरू पनि दिनहुँजसो सयौंको संख्यामा गौरीफन्टा नाका भएर फर्किरहेका छन्। तर, सोही नाका भएर सुदूरपश्चिम प्रदेशका अनेकौं बासिन्दा परिवारसहित भारत गइरहेका हुन्।
दैनिक करिब १ सय ५० जनासम्म गौरीफन्टा नाका भएर सुदूरपश्चिमेलीहरू भारत गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।