काठमाडौं। डडेलधुरमा बस पल्टिदा १६ जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका-१० राईबजार नजिकै दुर्घटना भएको हो।
आज बिहान ब्रेक फेल भएर बस नालीमा पल्टिदा हुँदा १६ जना घाइते भएका हुन्। सडकमा उत्तानो परेको बसका कारण केहीबेर सडक अवरूद्ध भएको थियो। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।